काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले मंगलबारदेखि रु. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको छ । बैंकले १० लाख कित्ता सर्वधारणलाई नै बिक्री गर्ने गरि आजदेखि उक्त ऋणपत्र बिक्रीमा ल्याएको हो ।
उक्त ऋणपत्रा फागुन २३ गतेसम्म आवदेन दिन सकिने छ । यदि, आवश्यक मात्रामा आवेदन नआएमा चैत ४ गतेसम्म बिक्री खुल्ला गरिने छ । आवेदकले न्यूनतम २५ कित्तामा आवेदन दिनुपर्ने बताइएको छ । अधिक्तममा भने ९ लाख ७० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । एक कित्ता ऋणपत्रको मुल्य १००० कायम गरिएको छ ।
नेपाल धितोपत्र बोर्डबाट गत माघ २१ गते स्वीकृति पाएपछि बैंकले १० बर्षका लागि यो ऋणपत्र निष्काशन गरेको हो । यसमा बार्षिक १०.१५ प्रतिशत व्याज दिइने बताइएको छ । इक्रा नेपालले यो ऋणपत्रलाई ‘इक्राएनपी एल ट्रिपलबि प्लस’ रेटिङ प्रदान दिएको छ । यसले ऋणपत्रको जोखिम मध्यम रहेको जनाउछ ।
बैंकल ऋणपत्र मध्ये १० लाख कित्ता सर्वधारणलाई छुट्टाएको छ । सर्वसाधारण मध्येकै बाट ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्टाइएको बैंकको भनाइ छ । बाँकी रहेको १५ लाख कित्ता ऋणपत्र भने व्यत्तिगत तवरबाट बिक्री गर्ने बैंकको योजना छ ।
यस ऋणपत्रको विक्री प्रबन्धक नेपाल ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । जसअनुसार आवेदकले उक्त क्यापिटलसहित सि–आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरू तथा मेरो शेयरबाट आवेदन दिन सक्ने बैंकले जारी गरेको सुचनामा उल्लेख छ ।
प्रतिक्रिया