नेपालको जेठो बैंक नेपाल बैंकले चन्दा संकलन गरेर राष्ट्रिय आविष्कार केन्द्र खोलेका युवा वैज्ञानिक महावीर पुनलाई १० लाख रुपैयाँ प्रदान गरेको छ ।
बैंकले पुनलाई ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त गर्दै उनको उनको कामका लागि पहिलो चरणमा १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
पुन र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीबीच आईतबार नियुक्ति सम्झौतामा हस्ताक्षर भएको हो ।
सोमबार नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र पुनबिच नियुक्ति सम्झौतामा हस्ताक्षर भएको छ ।
यो खबरलाई पुनले अचम्मको समाचार भनेका छन् । राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष रहेका पुन रोमन म्यागासेसे पुरस्कार पाउने नेपाली हुन् । उनले वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा इन्टरनेट सञ्जाल विस्तार गरेबापत सो पुरस्कार पाएका थिए ।
नेपाल बैंकका सीईओ अधिकारीले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउनु खुशीको विषय भएको बताए ।
विदेशी दाता र जनस्तरको सहयोगमा संचालित राष्ट्रिय आविष्कार केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० वटा क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको छ।
विसं १९९४ कात्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्नरूपमा नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंकले ८३ वर्षको इतिहास बनाएको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत सेयर हिस्सा कायम छ ।
सम्झौतापछि पुनले नेपालकै सबैभन्दा जेठो बैंकको ब्राण्ड एम्बेस्डर बन्नु पाउनु आफ्ना लागि सौभाग्य भएको बताए ।
प्रतिक्रिया