सरकार पप्पु कन्स्ट्रक्सन कानुनलाई कानुन लाग्दैन, हरायो गृहमन्त्रीको चुरीफुरी

७ बर्ष अगाडि

काठमाडौं । काम नगर्ने ठेकदारलाई कारवाही गर्ने भन्दै गृहमन्त्री रामहादुर थापाले राम्रै चुरीफुरी गरे । सबै जिल्ला प्रशासन कार्यालयलाई पब पठाई विकास निर्माणको अवस्था कस्तो छ भन्ने बारेमा जानकारी गराउन समेत भने । तत्काल कारवाही गर्न समेत परिचालन गरे । तर एकाध ठेकदार पक्राउ पर्ने बाहेक अरु केही पनि हुन सकेन ।

गृहमन्त्रीको हुंकार पनि सेलाएको छ । निर्माण व्यवसायी क्रमशः बलियो बन्दै गएका छन् । कारण उनीहरुलाई सरकारी निकायकै ठूला मान्छेहरुले साथ दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममा नै निर्माण व्यवसायमा एकाधिार रहेको बताए । तर कारवाही गर्ने र कानुन कार्यान्वयनमा ल्याउने निकायमा नै उनीहरु छन् । तर बदमासी गर्ने कोही कसैलाइृ पनि आजको दिनसम्म कारवाही भयो भनेर सुनिएको छैन । नागरिक पुल नभएका कारण बगेर मरेका छन् । नागरिक डुंगा पल्टिर बेपत्ता भएका छन् । राखीको अवसरम  त रौतहट शोकग्रस्त नै बन्न पुग्यो । तर प्रधानमन्त्री भाषण गर्छन्, उनै पाटीका अध्यक्ष भाषण गर्छन्, गृहमन्त्री कारवाही गर्छु भनेर हूंकार पनि गर्छन । तर काम नगर्ने , आयोजना तन्काइरहने प्रर्वत्ति भएका ठेकेदार खुलमुल्ला हिडिरहेका छन् ।

राजधानीको नागढुंगा कलैकी सडक खण्ड बिजोक छ । राजधानी छिर्न नै सबैभन्दा बढी सकस भएको छ । बौद्ध– जोरपार्टी सडकको त के कुरा गर्नु ।  सडक राम्रो नभएका कारण बिम्स्टेक शिखर सम्मेलनमा आएका पाहुनालाई रिट्रिका लागि गोकर्ण रिसोर्ट नै लैजान सकिएन । तर सडक र पूल निर्माणको जिम्मा लिएका बदमास ठेकदारलाई कारवाही गर्ने आँट वर्तमान सरकारसँग छैन भन्ने गुनासो नागरिकले गर्न थजालेका छन् ।

पछिल्लो पटक देश नम्बर दुईमा रहेका ठुला पुल निर्माणको ठेक्का पाएको पप्पु कन्सट्रक्शनले समयमा काम नगर्दा नागरिकले जोखिम झेल्नुपरेको  छ । सरकारले कुनै कारबाही गर्न नसक्दा ठेकेदार कम्पनीको लापरबाहीको मार नागरिकले झेल्नुपरेको हो ।

जनकपुरधामको कुर्थादेखि महोत्तरीको सम्सी सडकमा पर्ने यो निर्माणाधीन रातु नदीको पुलको काम ४ वर्ष भन्दा अगाडि सुरुभए पनि हालसम्म पूरा भएको छैन । रु  १४ करोड ६४ लाख लागतमा निर्माण कार्यको ठेक्का पाएको पप्पु कन्सट्रकशनले समयमा काम पूरा नगर्दा नागरिक जोखिम मोलेर आवतजावत गर्न बाध्य भएको स्थानीयको गुनासो छ ।  निर्माणको समयाबधि सकिएको दुई वर्ष बितिसकेपनि अहिले सम्म २३ प्रतिशत मात्र काम भएको छ ।

रातु नदीको पुल मात्रै होइन रु ५५ करोड भन्दा बढिको सिरहा र धनुषाको सिमाना भएर बग्ने कमला नदी र सिरहा सप्तरीको सिमाना भएर बग्ने बलान नदीको पुलको अबस्था पनि उस्तै छ ।

त्यसको ठेक्का समेत पप्पू कन्स्ट्रक्सनले लिएको छ । चार वर्ष भित्र निर्माण पुरा गर्ने शर्तमा ठेक्का लिएको पप्पु कन्सट्रकशनको लापरबाहीका कारण झण्डै ८ वर्ष हुन लागे पनि अहिले सम्म ५५ प्रतिशत पनि काम भएको छैन । यस्तो लापरबाही गर्ने निर्माण कम्पनीलाई न त केन्द्र सरकराले कारवाही गर्ने आँट गेको छ  नत प्रदेश सरकार नै त्यसका लागि तयार देखिएको छ ।

पप्ू कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार संघीय संसदको लोगो लगाएर ढलक ढलक संसद भवन छिर्छन । संसदमा चर्को भाषण पनि गर्छनज् । तर उनले लिएको जिम्मेवारी भने पूरा गर्दैनन् । नागरिकलाई अकालमा मारेर सिंहदबार र बानेश्वरको यात्रा गर्ने रौनियारलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन सरकारले । त्यसको पछाडि कारण छ, संघीय समाजवादी फोरमलाई सरकारलाई ल्याइएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्र िछन् । रौनियार सोही पार्टीका सांसद हुन् ।

सार्वजनिक खिरद ऐनको कमजोरीका कारण निर्माण कम्पनीले काम सुरु गरेको देखाएर कुल लागतको २० प्रतिशत रकम झिकी चुपचाप बस्ने गरेकाले भौतिक पूर्वाधार निर्माणको काम अलपत्र पर्ने गरेको छ  । तर त्यस्तो काम गर्ने कुनै पनि ठेकेदारलाई कारवाही हुन सकेको छैन । ठेकेदारले चलखेल गर्ने बाटो बन्द गर्नका लागि सरकारले उक्त ऐनमा रहेको व्यवस्थालाई तत्काल सम्बोधन गर्नु जरुरी रहेको छ ।

निर्माण कम्पनीहरुले राजनीतिक संरक्षणमा नीतिगत रुपमा भ्रष्टाचार गरिरहेको र यसले राजनीतिक, सामाजिक र आर्थिकरुपमा दूरगामी असर पर्ने देखिन्छ । सरकार समृद्ध नेपाल र शुखी नेपाली भन्ने नारा सारेर बसेको छ , तर काम नगर्ने ठेकेदारलाई कारवाही हुन सकेको छैन ।

राजधानीकै कालीमाटी जोड्ने विष्णुमतिको पूलमा पप्पू कन्स्ट्रक्सनले गतिलो काम गरेको छैन । तिनकुनको पूल कहिले बनीसक्छ कुनै ग्यारेन्टी छैन । बालाजुको पूलमा पप्पूकै ठेक्का रहेको छ । तर काम भने हालसम्म सुरु हुन सकेको छैन । तर ठेक्का लिएका व्यापारी तथा व्यवसायी भने सरकारलाई गिज्याएर बसीरहेका छन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया