'अर्थमन्त्रीका कारण बजार घटेको होइन शेयर बजार, आत्तिनु पर्दैन'

६ बर्ष अगाडि

दुईपटक सर्किट ब्रेक लगाएर कारोबार रोक्नेगरी सोमबार एकाएक सेयर कारोबार मापक नेप्से परिसूचक घट्नुको कारक  अर्थमन्त्री नभएको सरोकारवालाहरुले बताएका छन् । 

केही लगानीकर्ताले डा. युवराज खतिवडा अर्थमन्त्रीमा निरन्तर हुने भएको कारण बजार घटेको बताएपनि सेयर बजारका जानकारहरु यसलाई अर्थमन्त्रीसंग जोडेर हेर्न नहुने बताउँछन् । 

अघिल्लो सोमबारदेखि ह्वात्तै बढेको सेयर कारोबारमा ‘करेक्सन’ नभएका कारण आज एकाएक घटेको विश्लेषकहरुको तर्क छ । 

नेपाली लगानीकर्ता बढ्दाखेरि किन्न हौसिहाल्ने र घट्न शुरु भएपछि बेच्न हतारिने प्रवृत्तिका कारण आजको अबस्था आएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारको भनाई छ ।  ‘गत साता एकदमै फास्ट ट्रयाकले बढ्दा आजको अबस्था आएको हो’, उनले भने ‘तर बजार घटे पनि कारोबार रकम धेरै देखिएको कारण यसबाट डराउनुपर्ने म देख्दिनँ ।’ 

व्यापारका लागि अन्य देशमा जाने नगद पनि नगई शेयरमा लगानी भएका कारण गतसाता कारोबार ह्वात्तै बढेकोले अहिले यो अवस्था आएको कतिपयको तर्क छ ।  

गतसाता अस्वभाविक रुपमा बढेको कारण बजार अहिले अस्वाभाविक रुपले घटेको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको तर्क छ । 

लगानीकर्ताले अघिल्लो साता बढेको कारोबारबाट नाफा बुक गर्न थालेकोले सोमबार ठूलो मात्रामा बजार घटेको पनि विश्लेषकहरु बताउँछन् ।  
आइतबार र सोमबारको बजार घटेको नभई सामान्य ‘करेक्सन’ मात्र भएको सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुल्लेलले बताए । 
लगानीकर्ताहरु बजार करेक्सन भएकोले चाँडै बढ्नेमा विश्वस्त छन् । 

सोमबार नेप्से परिसूचक ९६ अंकले घटेको थियो । कारोबारको डेढ घण्टामै दुई पटक सर्किट लागेर कारोबार नै स्थगित भयो ।  
पहिलो पटक १२ बजेर ४६ मिनेट जादा ५ प्रतिशतले घटेर ४० मिनेटका लागि रोकिएको बजार १ बजेर २६ मिनेटमा खुलेको थियो । तर खुलेको तीन मिनेटमै १ बजेर २९ मिनेटमा पुनः ६ प्रतिशतले बजार घटेसँगै ३ बजेसम्म खुला हुने बजार बन्द भएको थियो । 

उनले विधेयकमा गाँजा खेतीका लागि पूर्व अनुमति लिनुपर्ने प्रस्ताव गरेका छन्। यस्तो अनुमति स्थानीय तहबाट पाइनेछ। तर कुन कुन स्थानीय तहबाट यस्तो अनुमति दिने भन्ने टुङ्गो केन्द्र सरकारले लगाउनेछ।

यसरी अनुमति लिँदा गाँजा खेती गर्न चाहने कृषकले जग्गाको कित्ता टुङ्गो लगाउनुपर्नेछ। स्थानीयले एउटा परिवारले कूल जग्गाको कति जग्गामा गाँजा खेती गर्न अनुमति दिने भन्ने हद तोक्नेछ।

कृषकले गाँजा खेतीका लागि अनुमति प्राप्त गर्न गाँजाको बोट तथा त्यसबाट उत्पादन गर्न सकिने पदार्थको अनाधिकृत उपयोग तथा प्रयोग नियन्त्रणको लागि अवलम्बन गरिने उपाय समेत सुझाउनुपर्नेछ।

विधेयकमा तामाङले १८ वर्ष भन्दा कम उमेरका व्यक्तिको संलग्नता देखिए गाँजा खेतीको अनुमतिपत्र नपाइने व्यवस्था गर्न सुझाएका छन्। त्यस्तै गाँजा खेती गर्ने कृषकले अनाधिकृत व्यक्तिलाई गाँजा बिक्री वितरण गरेमा वा उपलब्ध गराएमा अनुमति पत्र खारेज हुने प्रावधान गरिएको छ। त्यस्तै कृषकले गाँजा बिक्री वितरणको विवरण नराखे अनुमति खारेज हुनेछ ।

विधेयकमा गाँजा भित्र्याउनु अघि पनि अनुमति प्राप्त गर्ने निकायमा जानकारी गराउनुपर्ने कडा नियम प्रस्ताव गरिएको छ। त्यस्तै गाँजाको विज्ञापनमा प्रतिबन्ध गरिएको छ।

विधेयकले गाँजाको बिक्री वितरणलाई समेत व्यवस्थित बनाउन प्रस्ताव गरेको छ। कृषकले गाँजा, सुकेको गाँजाको पात वा हाँगा रहेको प्याकेट वा गाँजा वा भाङको दाना वा फुल रहेको प्याकेटमा लेबल राखेर मात्र बिक्री गर्न पाउने प्रावधान विधेयकमा छ।

उत्पादन भएको स्थान, अनुमति पत्र नंम्बर, चेतावनीमुलक सूचना र प्याकेट भित्रको परिणाम खुलाएर मात्र कृषकले बेच्न पाउनेछन्। गाँजा बिक्री वितरण गर्न चाहनेले समेत अनुमपति पत्र लिनुपर्ने प्रावधान विधेयकमा छ।

विधेयकमा अनुमति नलिई गाँजा खेती गरे वा बिक्री वितरण गरे १ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। त्यस्तै लेबल नलगाए ६ महिनासम्म कैद र १ लाखसम्म जरिवाना हुन सक्नेछ।

विधेयकमा गाँजा खरिद कर्ताको नाम थर र ठेगाना खुलाएर मात्र तोकिए बमोजिमको परिणाममा नबढ्नेगरी बिक्री वितरण खुल्ला गर्न प्रस्ताव गरिएको छ।

तर खरिदकर्ता भने चिकित्सकको प्रेष्कृप्सन प्राप्त व्यक्ति हुनुपर्नेछ। अथवा गाँजा खरिद गर्न स्वीकृत प्राप्त व्यक्ति वा कम्पनी हुनुपर्नेछ। तामाङले २१ वर्ष पूरा नभएका वा गर्भवति महिलालाई बिक्री वितरण गर्न वा निशुल्क उपलब्ध गराउन नपाइने प्रावधान विधेयकमा प्रस्ताव गरेका छन्।

विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। प्रतिनिधि सभा हुँदै राष्ट्रिय सभाबाट समेत पारित भएमा विधेयकले कानूनी मान्यता प्राप्त गर्नेछ।

६ बर्ष अगाडि

प्रतिक्रिया