एति एयरलान्सको विमान दुर्घटनाबारे आयो दुखद खबर, ५ घाइते

७ बर्ष अगाडि

काठमाडौं– यति एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त बनेको छ । शनिबार राती नेपालगन्जबाट २१ यात्रु बोकेर आएको जहाज विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त बनेको हो । ।

त्रिभुवन विमानस्थलका महाप्रवबन्धक राजकुमार क्षेत्री जहाजमा  ५ यात्रु सामान्य घाइते भएको जानकारी दिए । अन्य यात्रु र चालक दलको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

जहाजको अगाडिको पाङ्ग्रा भाँच्चिएको बताइएकाे छ  । 

‘जेट स्ट्रीम, 9NAHW’ विमानलाई प्राधिकरण एवं एयरलाइन्सका कर्मचारीले सुरक्षित स्थानमा ल्याउन प्रयास गरिरहेको विमानस्थलले जनाएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया