नेपाल वायुसेवा निगमले साताको ३ दिन नारीता उडान थाल्यो

५ बर्ष अगाडि

नेपाल वायुसेवा निगमले नारिता उडान थाल्यो, साताको तीन दिन उडान गर्ने

नेपाल वायुसेवा निगमले जापानको नारितासम्मको नियमित उडान सोमबारदेखि सञ्चालन गरेको छ ।  अबदेखी निगमले साताको तीन दिन नारिता उडान गर्ने जनाएको छ । 

निगमका अनुसार  उडान सोमबार, बुधबार र शुक्रवार हुनेछ । सोमबार बिहान १ बजेर २५  मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको विमान आजै अपरान्ह ६ बजेर २५ मिनेटमा काठमाडौंमा आइपुगेको थियो।

निगमका अनुसार नारितामा जाँदा २३४ यात्रुहरुले विमानबाट यात्रा गरेका थिए भने फर्कदा २६५ जनाले यात्रा गरेका थिए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया