एन आई सी एशियाले ल्यायो थप बिमा सुविधा

६ बर्ष अगाडि

एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेको आधारमा बीमा सुविधा थप गरेको छ । 

बैंकले सेवाग्राहीको सुविधाको लागि न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता मार्फत जीवनमा आईपर्न सक्ने अकल्पनीय जोखिमको भरपाई गर्न २१ लाख रुपैयाँसम्मको चमत्कारिक बीमा सुविधा दिने भएको छ । बैंकले ग्राहकहरुको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिने भएको छ । यस्तै, ग्राहकले १८ घातक रोगहरुको लागि १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पनि दिने जनाएको छ ।

हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रु ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरीसकेको बैैँकले जनाएको छ  । बैँकका अनुसार २१ लाखसम्मको बीमा सर्वसाधारण आफैले गर्नु परेमा करिब १४ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ । तर एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड लाई भने बैंकले सम्झौता गरे अनुरुप आफै भुक्तानी गरिदिनेछ । जहाँ कुनैपनि अतिरिक्त शुल्क खर्च नगरि १४ हजार रुपैयाँको सेवा लिन सकिनेछ । 

न्यूनतम १ लाख वा सो भन्दा बढीको मुद्दती निक्षेप खातामा भने १२ लाख ५० हजार रूपैयाँसम्म बीमा सुविधा प्राप्त गर्न सकिनेछ । बैँकले खातावालको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिने छ । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया