वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकरामले जनताको सूचनाको हकको कसैले बेवास्ता गर्न नहुने बताएका छन्। सञ्चार रजिष्ट्रार कार्यालय वाग्मती प्रदेशद्वारा आज आयोजित ‘सूचना बैंक सञ्चालनार्थ सरोकारवालाहरु सँगको अन्तरक्रिया’ मा उनले सञ्चारमाध्यमले जनतालाई जागरुक, चेतनशील र सचेत पारेको जनाए ।
मन्त्री जम्मकट्टेलले विभिन्न निकायमा रहेर काम गर्ने कर्मचारी तथा जनप्रतिनिधिले आफूलाई जनताको सेवकका रुपमा बुझ्नुपर्नेमा जोड दिए।
सञ्चार रजिष्ट्रार रेवती सापकोटाले देशभरिका आवश्यक सूचनाहरुलाई सङ्ग्रहित गरेर सबैको पहुँचमा पु¥याउन सूचना बैंकको आवश्यकता पर्ने बताए । उनले रजिष्ट्रारको कार्यालयले प्रदेशको सञ्चार क्षेत्रको नियमन, प्रवद्र्धन तथा अनुगमन गरिरहेको उल्लेख गरे । राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त किरण पोखरेलले सूचनाको हकको प्रयोग हरेकका लागि उपयुक्त र आवश्यक रहेको बताए।
प्रतिक्रिया