उत्कृष्ट इलेक्ट्रोनिक्स् तथा स्मार्टफोन ब्राण्ड सामसङले नेपाली बजारमा एस सीरिजजका दुई विशिष्ट स्मार्ट फोन ल्याएको छ । कम्पनीले सामसङ् फ्यागसिप डिभाइस अन्तरगतको दुईवटा मोडल ग्यालेक्सी एस–२० र एस–२० प्लस बजारमा ल्याएको हो ।
सोमबार राजधानीमा एक समारोहको आयोजना गर्दै कम्पनीले उक्त दुई स्मार्ट फोन नेपाली बजारमा उपलब्ध रहेको र फोनको अग्रिम बुकिङ्ग समेत खुल्ला गरिसकेको घोषणा गरेको छ । कार्यक्रममार्फत कम्पनीले उक्त स्मार्टफोन किन्न चाहने ग्राहकले अग्रिम बुकिङ्ग गर्दा आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्न सक्ने जनाएको छ ।
सामसङ एस– २० र एस–२० प्लस अग्रिम अर्डर गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स प्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभी रु ५ हजार ९ सय ९९ मा नै खरिद गर्ने अवसर पाउनेछन् भने ग्यालेक्सी एस–२० अग्रिम अर्डर गर्नेले २ हजार ९ सय ९९ थप गरी ग्यालेक्सी बड्स प्लस वा ३२ इन्चको सामसङ टिभी ८ हजार ९ सय ९९ मा नै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै अग्रिम अर्डर गर्ने एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत टर्कीस एयरलाइन्सको तर्फबाट दुईतर्फी बिजनेस क्लासको टिकट प्राप्त गर्न सक्नेछन् । भने, ‘ग्यालेक्सी वाच एक्टिभ २, केजीएच ग्रुपको वाटर फ्रन्ट रिसोर्ट वा हिमालयन फ्रन्ट होटलमा दई रात बसाईका साथै लेट मि इनको तर्फबाट ५ हजार बराबरको कुपन समेत प्राप्त गर्ने कम्पनीले जानकारी गराएको छ ।’
प्रतिक्रिया