नेपालले कोरोनाबाट अति प्रभावित ५ देशका नागरिकलाई एक महिनाका लागि अनअराइभल भिसा नदिने भएको छ ।
आगामी शुक्रबारदेखि (६ मार्च) देखि मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन चाहने नागरिकले अब अनअराइभल भिसा नपाउने भएका हुन् ।
सरकारले चीन, दक्षिण कोरिया, जापान, इरान र इटालीका नागरिकलाई सरकारले अनअराइभल भिषा बन्द गर्ने निर्णय गरेको गृह मन्त्रालय श्रोतले बताएको छ ।
पछिल्लो समय कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन अतिप्रभावित मुलुकका नागरिकलाई अनअराइभल भिसा बन्द गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेलले बताए ।
अध्यागमन विभाग अन्तर्गत ९ वटा प्रवेश तथा प्रस्थान विन्दुबाट नेपाल आइसकेपछि अनअराइभल भिसा प्राप्त गर्न सकिने सुविधा रहेको छ ।
हवाई मार्गबाट आउनेहरुका लागि त्रिभुवन विमानस्थलमा आवश्यक व्यवस्था मिलाइएको छ । अनअराइभल जारी हुने सबै भिषा ‘पर्यटक भिसा’ हुन् ।
अनअराइभल भिसा रोकिएपनि ति मुलुकका नागरिक नेपाल आउनै भने रोकिएको होइन् । उनीहरुले सम्बन्धित मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाट भने भिषा पाउन सक्छन् ।
प्रतिक्रिया