काठमाडौं – निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक बर्षको ७ महिनामा रु. १५ अर्ब ९२ करोड बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त तथ्यांकअनुसार माघसम्म कम्पनीहरुले यतिका मात्रामा बीमाशुल्क संकलन गरेका हुन् ।
हाल नेपालमा २० जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तर, राष्ट्रिय बीमा कम्पनीले अझै पनि बीमा समितिमा ७ महिनासम्मको तथ्यांक बुझाएको छैन ।
तथ्यांकअनुसार सबैभन्दा बढी बीमाशुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ । शिखरले रु. २ अर्ब १ करोड बीमाशुल्क संकलन गरेको छ । यस्तै, बीमाशुल्क संकलन गर्ने बिषयमा सगरमाथा दोस्रो नम्बरमा रहेको छ । उक्त कम्पनीले रू. १ अर्ब ४३ करोड बीमाशुल्क संकलन गरेको छ । तेस्रो नम्बरमा रहेको नेकोले भने रु. १ अर्ब ३३ करोड बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
यस्तै, नयाँ कम्पनीमा अजोड इन्स्योरेन्स राम्रो देखिएको छ । साथै, जनरल इन्स्योरेन्सले रु. ३४ करोड र सानिमाले २१ करोड बीमाशुल्क संकलन गरेको छ ।
कुन कम्पनीको कति बीमाशुल्क
प्रतिक्रिया