बैंक अफ काठमाण्डुको ‘बिओके भिसा नगद फिर्ता योजना’

६ बर्ष अगाडि

बैंक अफ काठमाण्डू लिमिटेडले ‘बिओके भिसा नगद फिर्ता योजना’  सार्वजनिक गरेको छ। बैंकका आफ्ना ग्राहकको लाभका लागि उक्त योजना सार्वजनिक गरेको हो ।

कार्ड बाहक ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिना भित्र पिओएस तथा इ–कमर्स कारोबार गर्दा ५ सय नगद फिर्ता पाउने छन् ।

 जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा पिओएस कारोबार गर्दा २ सय ५० नगद फिर्ता पाउने बैंकले जनाएको छ ।

कम्तीमा २ वटा ई–कमर्स कारोबार गर्दा २ सय ५० नगद फिर्ता पाउने बैंकले जनाएको छ। 

उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहक महानुभावहरुलाई अनुरोध गरेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया