काठमाडौं – सरकारी कर्मचारीले कसरी घुस खान्छन् र तयो घुस लिएको पैसा लुकाउन के सम्म गर्छन् भन्ने कुराको खुलासा भएको छ । सरकारी कर्मचारीले लिएको घुस कि त आना आफन्तलाई राख्न दिन्छन् वा घर जग्गा जोड्छन भन्ने बारेमा नयाँ खुलासा भएको हो ।
अख्तियारले गरेको पछिल्लो अध्ययन तथा मुद्दा दायर गरेको घटनालाई हेर्ने हो भने सरकारी कर्मचारीले घुुस वापत लिएको रकम रक्सी कम्पनीलाई जम्मा गर्न दिएको पाइएको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुबास बस्नेतले घुस वापत लिएको रकम रक्सी कम्पनीको मालिकको खातामा नियमित रुपमा जम्मा गर्ने गरेको पाइएको छ ।
झापा जिल्लामा सडक ग्रावेलको काम गर्दा बिल बनाई भुक्तानी गर्ने प्रयोजनमा घुस माग गरी प्राप्त गरेको घुस बापतको रकम अन्य बैंक खातामा जम्मा गर्न लगाई त्यहाँबाट भुक्तानी लिने गरेको पाइएको छ । आफ्ना आफन्तको खातामा रकम जम्मा गर्दा अतियारलगायतले थाहा पाउने भन्दै बस्नेतले रक्सी कम्पनीको मालिकको खातामा जम्मा गर्न लगाएको पाइएको छ ।
अनाधिकृत रुपमा घुस लिएको रकमको प्रमाणसहितको सूचना एवं उजुरीका आधारमा सुबास बस्नेतलाई अख्तियारले अनुसन्धानको क्रममा नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुबास बस्नेतले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामको कार्यालय प्रमुख हुँदा झापा जिल्लाको गौरीगंज तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माणको कार्य सेवाग्राहीमार्फत गराई सो बापत तथा थप काम दिलाउने प्रयोजनार्थ घुस माग गरेका थिए ।
बस्नेतले घुस बापतको रकम पटक पटक गरी ३७ लाख ५० हजार रमक श्री डिस्टीलरी प्रा.लि. को बैंक खातामा जम्मा गर्न लगाएको पाइएको छ । बस्नेतले घुस वापत लिएको रकम श्री डिस्टीलरीका अध्यक्ष धनेन्द्र कार्कीको खातामा जम्मा गर्न लगाएको खुलेको छ ।
मिलेमतोमा श्री डिस्टीलरीको बैंक खातामा सुबास बस्नेतले सेवाग्राहीसँग लिएको घुसररिसवत रकम लुकाई छिपाई आफ्नै हस्ताक्षरबाट चल्ने बैंक खातामा सुरक्षित राखेको पाइएको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर गर्न निज धनेन्द्र कार्कीले सघाउ परयाएको तथा घुसको रकम आफ्नो खातामा जम्मा गराई आफूले लाभसमेत लिएको आरोप लगाएको छ ।
प्रतिक्रिया