काठमाडौं – नेपाल टेलिकमले इन्टरनेटमा आधारित टेलिभिजन (आईपीटीभी) सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले आगामी वैशाख १ गतेदेखि आफ्ना ग्राहकलाई इन्टरनेटमा आधारित टेलिफोन सेवा उपलब्ध गराउन लागेको हो ।
इन्टरनेटसँगै टेलिभिजन सेवा दिन कम्पनीले केही दिन अगाडी परीक्षण प्रशारण सम्पन्न गरेको हो ।
अप्टिकल फाइबर भएका मुख्य चार शहरहरूमा यो सेवा उपलब्ध गराउन लागेको नेपाल टेलिकमले जनाएको छ। पहिलो चरणमा अप्टिकल फाइबर भएका मुख्य चार शहरहरूमा उक्त सेवा विस्तार हुनेछ । त्यसपछि देशव्यापी रुपमा यस्तो सेवा उपलब्ध हुनेछ । हाल उक्त सेवा परीक्षणको काम भइरहेको छ ।
टेलिकमका अनुसार सोमबार पहिलो चरणको परीक्षण प्रसारण गरिएको छ । उक्त परीक्षण सकारात्मक भएको टेलिकमले जनाएको छ । यो सेवा आउँदो वैशाख १ देखि ग्राहकलाई उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।
अप्टिकल फाइबर भएको मुख्य चार वटा शहरमा यो सेवा प्रदान गर्न लागेको हो ।
हाल सेवा वल्र्डिलंक, भायनेट, सुविसु, क्लासिक टेक लगायतका इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेटमा आधारित टेलिभिजन सेवा प्रदान गर्दै आएका छन् । ती कम्पनीहरूले जस्तै टेलिकमले पनि अब ग्राहकलाई इन्टरेनटसँगै टेलिभिजन सेवा उपलब्ध गराउन लागेको हो ।
हाल नेपाल टेलिकमबाट १ करोड ३ लाख २२ हवार इन्टरनेट सेवा लिने ९ सय ४२ जनाले इन्टरनेट सेवा लिइरहेका छन् ।
यो कुल इन्टरनेटकर्ताको करिब ४९ प्रतिशत हो । कूल २ करोड ११ लाख ७ हजार ५ सय ९० जनाले यस्तो सेवा लिइरहेको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया