वोमी लघुवित्तले आफ्नो आठौँ वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले गत आवको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लांभाश वितरण गर्नै साधारण सभा बोलाएको हो ।
यस प्रस्ताव पारित भएमा कम्पनीको २ करोड ५२ लाख रुपैयाँ बराबरको बोनस शेयर र १३ लाख ३० हजार बराबरको नगद लांभाश वितरण गर्नैछ ।
कम्पनीले अन्य उपयुक्त वितित्य संस्था गाभ्ने तथा गाभिने प्रयोजनको लागि गर्नुपर्ने सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत लैजानेछ।
कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनका लागि फागुन ३० गते देखि बुक्कोलज गर्न भएको छ ।
सोही अनुरुप फागुन २९ गते सम्म कायम भएका शेयरधनीहरुले मात्र लघुवित्तले वितरण गर्नै लाभांश र साधारण सभामा भाग लिन पाउनेछन ।
कम्पनीको साधारण सभा चैत्र १६ गते बिहान ११ बजे धुलिखेल स्थित जुगल होटलको सभाहलमा हुनेछ ।
प्रतिक्रिया