कुमारी बैँक लिमिटेडले कर्जा तथा निक्षेपको लागि नयाँ ब्याजदर घोषणा गरेको छ । सोमबार एक सुचना जारी गर्दै बैँकले आज देखी नै लागु हुने गरी नयाँ ब्याजदर घोषणा गरेको छ ।
नयाँ ब्याजदर अनुसार बैँकले बिभिन्न बचत खाताहरुमा २.५ देखी ६.५ प्रतिशतसम्म ब्याज दिने छ ।त्यसमध्ये डलर बचत खातामा २.५ प्रतिशत ब्याज
र शेयरधनी बचत खाता , कुमारी स्वास्थ जीवन बचत खाता ,सबैको बचत खाता लगायतका खाताहरुमा ६.५ दिइने छ । साथै अन्य बचत खाताहरुमा ५.५ प्रतिशतका दरले ब्याज निर्धारित गरेको छ ।
यसबाहेक व्यक्तिगत मुद्दति खातामा ९.२५ , संस्थागत मुद्दति खातामा ८.५० र बिदेशी मुद्रा मुद्दति खातामा ३.२५ व्याज दिने बैँकको भनाइ छ ।
यस्तै , बैँकले ऋण दिदा कर्जाको प्रकार अनुसार १६.५२ प्रतिशत देखी १८.५२ प्रतिशत सम्म व्याज लिने बताएको छ । हाल बैँकको आधारदर १०.५२ छ । बैँकले त्यसैमा ६ देखी ८ प्रतिशत सम्म प्रिमियम जोडेर व्याजदर निर्धारण गरेको हो ।
जसमध्ये ,बैँकले आधार दर सहित जोडेर घर कर्जा र सवारी कर्जामा १८.५२ व्याजदर निर्धारण गरेको छ ।
प्रतिक्रिया