नेप्सेको कारोबार अवधि बढाउँदै धितोपत्र बोर्ड

६ बर्ष अगाडि

धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई पत्राचार गर्दै शेयरबजारको  कारोबार बढाउँन  धारणा माग गरेको  छ । 

हाल दोश्रो बजारमा सेयर कारोबार अवधि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ । 

बोर्डले  कारोबार अवधि  १ घण्टा बढाएर बिहान १०:३० देखि ३:३० सम्म कायम गर्न लागेको हो । 

समय बढाउन सफ्टवेयरमा केहि थप गर्नु पर्ने भएकाले तत्कालै कारोबार अवधि भने थप नहुने धितोपत्र बोर्डले जानकारी दिएको छ ।

लामो समय पछि नेप्सेमा देखिएको सुधार र कारोबार रकमले नयाँ इतिहास बनाइरहँदा शेयर बजारमा लगानी गर्ने लगानीकर्ताको उत्साह पनि बढ्दै गएको देखिन्छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया