सासु बोक्सी भएको भन्दै बुहारीले गरिन् हत्या

७ बर्ष अगाडि

दाङको तुलसीपुरमा बुहारीले बोक्सीको आरोपमा सासुको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेर तुलसीपुर उपमहागनरपालिका ९ बेलुवा निवासी ६९ बर्षकी सासु खोपी रावतलाई हत्या गरेको आरोपमा साईली बुहारी दंगीशरण गाउँपालिका ३ हेकुली निवासी ४० बर्षकी टंकी रावतलाई सार्वजनिक गरेको हो । 
बुहारीले सासुलाई झारफुक गर्न भन्दै गत भदौ ३ गते सल्यानको कपुरकोट लगेको  र पाँच गते फर्कीने क्रममा कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वनको भकम जंगलमा हत्या गरेको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताउनुभयो । धामीझाँक्रीलाई हेराउँदा  घरमै बोक्सी भएको भने पछि  आफुले हत्या गरेको उनले प्रहरीलाई बयान दिएकी छन् । बुहारी टंकीलाई प्रहरीले भारतको कृष्णनगरबाट शनिबार बिहान पक्राउ गरेको प्रनाउ सापकोटाले जानकारी दिनुभयो । झारफुक गर्न जाने भन्दै घरबाट निस्केको ९  दिन सम्म घरमा नफर्कीए पछि बुहारीले नै हत्या गरेको भन्दै छोरीले १२ भदौमा  इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका थिए । हत्या आरोपी टंकीकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको क्रममा आमाले फोनगरेर शुक्रबार दिउसो बोइको हत्या गरी आफु कृष्णनगर आएको जानकारी गराएपछि प्रहरी आरोपीलाइ पक्राउ गर्न सफल भएको हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया