टिसिएलका युएचडी टिभीको माग बढ्दै

५ बर्ष अगाडि

विश्व बजारमा उत्पादनका आधारमा टिसिएल दोस्रो ठूलो ब्राण्ड हो । नेपालमा पनि पछिल्लो समय टिसिएलका बिद्युतिय उपकरणको माग बढ्दो छ । 


अघिल्लो ३ वर्षको तुलनामा टिसिएल एलइडी टिभीको माग ५० प्रतिशतले बढेको छ । 


नेपालमा टिसिएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर, लगायतका उपकरणहरु चौधरी गु्रप अन्तर्गत इ।ओ।एल। प्रा।लीमार्फत नेपाली बजारमा बिक्री हुने गर्छ । 


अहिले नेपालमा टिसिएल ब्राण्ड चौथौं स्थानमा पर्छ । बजारमा टिसिएल स्मार्ट टिभिको माग बढ्दो छ । अहिले एलइडीमा पनि युएचडी टीभीको माग बढ्दो छ । 


नयाँ पुस्ता प्रबिधिसँग नजिक हुने कारण उनीहरुलाई नयाँ–नयाँ प्रोडक्टको फिचरको बारेमा जानकारी हुन्छ । 

त्यसैले स्मार्ट टिभीको समयमा थप प्रबिधिसहितको युएचडी टिभी आएको छ । यसको माग बढ्दै गएको छ ।  विश्व बजारमा आएको नयाँ प्रविधिलाई आगामी दिनमा नेपाली बजारमा ल्याउने तयारीमा छौँ । 

सुलभ मुल्य, क्वालिटि प्रोडक्ट, सर्भिसमा विश्वसनियताका कारण नै नेपालमा सिजी इलेक्ट्रोनिक्सको बजार बढ्दो छ । सिजी इलेक्ट्रोनिक्सले सातै प्रदेशमा डिलर र सर्भिस सेन्टरहरु विस्तार गरी सेवा दिदै आएको छ । नेपालको ग्रामिण वस्तीदेखि ठूलो बजारसम्म सीजी इलेक्ट्रोनिक्सका सामान सजिलै पाइन्छ ।  

सर्वसाधारणदेखि उच्च वर्गीय उपभोक्तालाई ध्यानमा राखेर सेवा प्रदान गरेकै कारण यो ब्राण्ड सफल भएका हो । सधैँ गुणस्तरियतामा विश्वास गरिन्छ ।   टिसिएल आफैमा ब्राण्ड हो । नेपाली बजारमा टिसिएलका युएचडी  टिभीमा सी–६ र पी–८ गरी दुई ओटा नयाँ मोडल सार्वजनिक भएको छ । युएचडी टिभिमा आर्ट डिजाइन, स्मार्ट फङ्सन, भ्वाईस कमाण्ड, गुगल असिस्टेन्ट, गुणस्तरिय दृष्य, कनेक्टीभिटी तथा क्वालिटियुक्त साउण्ड छन् । आर्टका मात्र चार डिजाइन छन् । स्मार्ट फङ्सनमा नेटफ्लिस, युटुव, एप स्टोर, टीभि ३ पल्स समावेश गरिएको छ । यूएचडी टिभिमा ब्लुतुथ, वाइफाइ, एचडीआई र युएसवी जडान गर्ने मिल्छ । 

टिसिएल टिभी सन १९८१ मा सुरुवात गरेको पाइन्छ । आइएचएस पछिको २०१६ मा नै उत्कृष्ट टप ३ मा परेको थियो । यसले गर्दा पनि अहिले विश्व बजारमा यसको माग अत्याधिक बढेको कम्पनीले जनाउदै आएको छ । टिसिएल प्यानल, मोडुलस, सेट र व्याकलाइट क्षमतामा उत्पादन भएको हो । सन २०१६ मा नै आइएचएस मार्फत उत्पादनको आधारमा विश्वको टप तीनमा परेको थियो । विश्वमा टिसिएल ब्राण्ड मुल्याकन २००७ मा ४०.१३६ अर्ब आरएमबी रहेकोमा १० वर्षमा बढेर ८०६।५६ अर्ब आरएमबी पुगेको छ । टिसिएल टिभिको विश्व बजारमा माग अत्याधिक बढेको देखिन्छ ।  टिसिएल ब्राण्ड विश्वमा १५ ओटा अवार्ड विजेता समेत भइसकेको छ । 

टिसिएलको २३ वटा आर.एण्ड.डि.सेन्टर ७५ हजार कर्मचारी २१ वटा म्यानुफ्याक्चरीङ बेस, १६० वटा विश्व बजारमा आप्mनो व्यापार विस्तार गरेको छ । सिजी इलेक्ट्रोनिक्सले टि।सि।एल। ब्राण्डको टिभि नेपाली बजारमा ल्याएकाले ग्राहकले पनि मन पराइ दिएका छन । त्यसैले आगामी दिनमा अझ यसका विश्वमा उतकृष्ट टिभि नेपाली बजारमा ल्याउन लागेको  छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया