सेञ्चुरी कमर्सियल बैंकको बेलचोक, नारायणगढ शाखाले विधार्थीहरुलाई सहयोग गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इच्छाकामना–६, चितवनस्थित देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुका लागि १२२ थान विद्यालय पोसाक हस्तान्तरण गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।
प्रतिक्रिया