नेप्से घटेपनि कारोबार रकमले रकेर्ड तोड्यो, करिब ५ अर्बको कारोबार

६ बर्ष अगाडि

काठमाडौं – साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा इतिहासकै सबै भन्दा धेरै रकमको कारोबार भएको छ । अघिल्लो हप्ता दैनिक जसो बढेको शेयर बजार आज ४०.८२ अंकले घटेपनि रू ४ अर्ब ८४ करोड बराबरको कारोबार भएको छ, जुन हालसम्मकै सबै भन्दा धेरै कारोबार रकम हो । यद्यपि, आइतबार ५ अर्ब बराबरको कारोबार हुने अनुमान गरिएको छ । 

आज १६३८.३७ अंकबाट शुरू भएको नेप्से कारोबारको अन्तिम समयमा पुग्दा १५९१.६ अंकमा सिमित भएको छ ।
आज नेप्सेमा १८३ कम्पनीको १ करोड २५ लाख कित्ता शेयर खरिद बिक्री भएको छ ।  

यस्तै, आज सेन्सेटिभ परिसूचक पनि ७।०४ अंकले ओरालो लागेको छ । आइतबार २६ करोड ६३ लाख रुपैँयाको कारोबार गर्दै एन एम बी बैँक अग्र स्थानमा रहेको छ भने २५ करोडको कारोबार गरेर ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा छ ।

अहिले कोराना भाइरसका कारण नेपाली व्यापारीले चीनसँगको व्यापार गर्नका पाएका छैनन् । चीनबाट आयात पनि रोकिएको छ । यस अवस्थामा व्यापारीले आफुसँग व्यापार गर्न राखेको पैसा शेयर बजारमा लगानी गरेका छन् । फलस्वरुप नेपाली शेयर बजारमा कारोबार रकम बढ्दै गएको बताइएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया