काठमाडौं – आगमी बुधबार नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण गरिने भएको छ । मिर्गाैलाले काम गर्न नसक्ने भएपछि प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण गरिने भइएको हो । आइतबार बालुवाटारमा भएको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्रीले यस्तो जानकारी दिएका हुन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै त्यसको जानकारी दिएका हुन् । उनकाअनुसार त्रिवि शिक्षण अस्पताल महारागन्जमा ओलीको मिर्गौला प्रत्यारोपण गरिने छ ।
यसअघि प्रधानमन्त्रीले २०६३ मा पनि मिर्गाैला प्रत्यारोपण गरेका थिए । ओलीलाई नाताले नातीनि पर्नेले मिर्गाैला दिने बताइएको छ । यस अघि उनलाई भाइ बुहारीले अन्जनाले मिर्गाैला दिएकी थिइन ।
प्रतिक्रिया