प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद सेयर आज बाट बिक्री खुल्ला

६ बर्ष अगाडि

प्रुडेन्सियल इन्स्योरेन्सले आज आइतवार देखि ६० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ ।

एक सय रुपैया मुल्यलाई आधार मानेर ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयरमा बिक्री गर्नै लागेको हो ।

कम्पनीले १० बराबर ६ को अनुपातको यस हकप्रदमा माघ २६ गतेसम्म कायम शेयर धनीले भर्न सक्ने सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

चैत्र २३ गते सम्म आवेदन दिन सकिने यस शेयरमा एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु र सेन्ट्रल फाइनान्स तथा सि आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट  आवेदन दिन सक्नेछन ।

कम्पनीको हाल ६४ करोड १५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद निष्काशन पश्चात एक अर्ब दुई करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया