पशुपतिको दर्शन गर्न छुटाएनन् मोदीले

७ बर्ष अगाडि

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिमा निर्मित नेपाल–भारत मैत्री पशुपति धर्मशालाको आज संयुक्तरुपमा उद्घाटन गरे । 

करीब रु २० करोडको लागतमा १० हजार वर्गमिटर क्षेत्रफलमा निर्मित उक्त धर्मशाला भारतीय सहयोगमा बनेको हो । उद्घाटनपश्चात् प्रधानमन्त्रीद्वयले सम्बोधन गरेका थिए । 

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक चौथो शिखर सम्मेलनमा भाग लिएर स्वदेश फकर्नुअघि भारतीय प्रधानमन्त्री मोदी पशुपति नाथ मन्दिरको दर्शनका लागि पुगेका थिए । उनी साँझ स्वदेश फर्किएका छन् । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया