गुडविल फाइनान्सको  ऋणपत्र किन्दा वार्षिक १२ प्रतिशत ब्याज पाइने

६ बर्ष अगाडि

गुडविल फाइनान्स लिमिटेडले वार्षिक १२ प्रतिशत ब्याज दिने गरी  ऋणपत्र बिक्रीमा ल्याउने भएको छ ।

कम्पनीलें २५ करोड रुपैयाँ बराबरको ऋणपत्र फागुन २८ गते  देखि निष्काशन तथा बिक्री खुला गर्ने भएको हो।

सो ऋणपत्रमा छिटोमा चैत २ गते र ढिलोमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल ऋणपत्रमध्ये  १ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको छ 

साथै १ करोड रुपैयाँ बराबरको १ लाख कित्ता सर्वसाधारणका लागि बिक्री  गर्नै भएको छ ।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम ५ कित्ताका लागि आवेदन दिन सक्नेछन्

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताहरुले सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
 

६ बर्ष अगाडि

प्रतिक्रिया