पशुपतिनाथ धर्मशाला उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

७ बर्ष अगाडि

भारत सरकारले बनाएको पशुपतिनाथस्थित धर्मशालाको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओली र मोदी दुई पक्षीय वार्ता गरेपछि धर्मशाला उद्घाटनका लागि अपरान्ह पशुपतिनाथ मन्दिर आईपुगेर उद्घाटन गरेका हुन् ।

सन् २०१४ जुलाईमा पहिलो पटक नेपाल भ्रमणमा आएका बेला भारतीय प्रधानमन्त्री मोदीले उक्त धर्मशाला निर्माणको घोषणा गरेका थिए।

२२ करोड भन्दा बढी भारतीय रुपैयाँ लगानीमा निर्माण भएको धर्मशाला करिब पाँच रोपनी जग्गामा फैलिएको छ। ३ सय ९७ जना बस्न मिल्ने गरी विभिन्न ८८ वटा कोठा निर्माण गरिएको छ।

७ बर्ष अगाडि

प्रतिक्रिया