यस साता नेप्से परिसूचक अत्याधीक अंकले उकालो लागेको छ ।
गत साता ८९.९८ अंकले उकालो लागेको परिसूचक यो साता भने अघिल्लो साताको तुलानमा १०७ अंकले बढेर १९७.६ अंकले उकालो लागेको छ ।
आइतबार १४३४.५७ को बिन्दुबाट सुरु भएको कारोबार अन्तिम कारोबारका दिन विहिबार १६३२.१७ को बिन्दुमा पुगेको हो । अघिल्लो साता १३४४.५९ को बिन्दुमा पुगेको नेप्सेले नयाँ रेकर्ड बनाएको हो ।
यस साता धितोपत्र बजारमा इतिहास मै पहिलो पटक एक सातामा १८ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ।
अघिल्लो साता पनि एक सातामा ११ अर्बको कारोबार हुदाँँ बजारमा नयाँ इतिहास बनेको थियो ।
यस साता १ सय ८७ कम्पनीको ४ करोड ४९ लाख कित्ता शेयर खरिद विक्री हुदाँ यस साता १८अर्ब ६२ करोड बराबरको कारोबार भएको छ ।
जुन अहिले सम्म कै धेरै साप्ताहिक कारोबार हो ।
त्यस्तै, यस साता भरीको औसत कारोबारमा पनि नेप्सेले नयाँ इतिहास बनाएको छ । यस साता औसतमा दैनिक ३ अर्ब ७२ करोड बराबरको कारोबार भएको छ । यो अहिले सम्म कै धेरै औसत कारोबार हो ।
प्रतिक्रिया