७ महिना रू. १८ अर्ब प्रथम बीमाशुल्क, कुन कम्पनीको कति ?

६ बर्ष अगाडि

काठमाडौं – जीवन बीमा कम्पनीहरूले चालु आर्थिक बर्षको माघसम्म रू. १७ अर्ब ९० करोड प्रथम बीमाशुल्क संकलन गरेका छन् । यस ७ महिनामा जीवन बीमा कम्पनीहरूले कुल रू. ५४ अर्ब ३ करोड बीमाशुल्क संकलन गरेका छन् । त्यसमध्ये नयाँ बीमितहरूबाट रू. १७ अर्ब ९० करोड प्रथम बीमाशुल्क उठेको हो । 
बीमा समितिबाट प्राप्त माघसम्मको तथ्यांकअनुसार बैदेशिक रोजगार बीमाशुल्क बापत भने रू. १ अर्ब ४४ अर्ब बीमाशुल्क उठेको छ । बीमा कम्पनीहरूले रू. ३५ अर्ब ६१ करोड नविकरण बीमाशुल्क उठाएका छन् ।
हाल नेपालमा १९ जीवन बीमा कम्पनी छन् । प्रथम बीमाशुल्क उठाउने काममा नेपाल लाइफ अग्र स्थानमा देखिएको छ । नेपाल लाइफले रू. ४ अर्ब ८० करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । यसैगरि एलआईसी नेपालले रू. १ अर्ब ९३ लाख प्रथम बीमाशुल्क गरेको छ । दुई बर्ष अघि मात्रा सञ्चालनमा आएको युनियन लाइफ प्रथम बीमाशुल्क संकलन गर्ने काममा तेस्रो नम्बरमा आएको छ । उक्त कम्पनीले १ अर्ब ६८ करोड प्रथम बीमा  शुल्क संकलन गरेको छ । 
यस्तै, चोथो नम्बरमा आएको नेशनल लाइफले रू. १ अर्ब १८ करोड बीमाशुल्क संकलन गरेको छ । यसैगरि पाचौं नम्बर रहेको एशिएन लाइफले ९७ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले उठाएको प्रथम र नविकरण बीमाशुल्क

६ बर्ष अगाडि

प्रतिक्रिया