अडियाे सार्वजनिक गर्नेलाई बास्कोटाले हाले गालिबेइज्ज्ती मुद्दा

६ बर्ष अगाडि

निवर्तमान सञ्चार मन्त्री गोकुल बाँस्कोटाले आफ्नाे बार्गेनिङ्गकाे अडियाे सार्वजनिक गर्ने विजय मिश्रलाई गालिबेइज्ज्ती मुद्दा दायर गरेका छन् । 

उनले जिल्ला अदालत, काठमाडौंमा मिश्र विरूद्द मुद्दा दायर गरेका हुन् ।

मिश्रले बाँस्काेटासँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक गरेका थिए । 

बाँस्काेटाले मिश्रलाई आफूविरुद्ध झुटो आरोप लगाएको मुद्दा दायर गरेका हुन् । 

अदालतमा उजुरी दर्ता भएपछि बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’

फरक परिस्थिति र सन्दर्भमा बोलेका कुरालाई प्रविधिको दुरुपयोग गरी बदनाम गर्न प्रयोग गरेको जिकिर बाँस्काेटाले गरेका छन् ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया