प्रहरीकोे दादागिरि : बच्चा बोकेकी महिला माथि निर्मम लाठी प्रहार !

६ बर्ष अगाडि

ललितपुरको भैंसेपाटीमा नेपाल प्रहरीका इन्स्पेक्टर देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिला माथि निमर्म लाठी प्रहार गरेका छन् । 

नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि आज केही महिला जम्मा भएर धर्ना दिरहेका बेला प्रहरीले बल प्रयोग गरेको हो । 

पूर्वजर्नेल खत्री सँग पुरानो सम्बन्ध रहेता पनि आफूलाई श्रीमती नस्वीकारेको भन्दै एक महिलाले केहि साथि लिएर पूर्वजर्नेलको घरमा ‘धर्ना’ दिइरहेकी थिइन । 

उक्त धर्ना देखेपछि खत्रीले प्रहरीलाई खबर गरेका थिए । 

त्यस पश्चात ती महिलाहरुलाई प्रहरीले त्यहाँबाट हटाउन खोज्दा नमाने पछि  लाठी चार्ज गरेको हो । 

आज मात्र होइन ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छन्।

ती महिलाहरुलाई त्यहाँबाट हटाउने क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले काखमा बच्चा बोकेकी एक महिलालाई निमर्म लाठी चलाएको भिडिओ  अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया