अर्थमन्त्रीमा खतिवडाले नै निरन्तरता पाउने : प्रचण्ड

६ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्रीमा डा। युवराज खतिवडाले नै निरन्तरता पाउने बताएका छन् । 

भरतपुर विमानस्थलमा पत्रकारहरुसँग भेट गर्दै उनले अर्थमन्त्रीमा खतिवडाको निरन्तरतासगैँ  राष्ट्रियसभामा रिक्त हुने पदमा बामदेव गौतमको सिफारिस हुने पनी बताएका हुन् ।

उनले पार्टीले गौतमलाई राष्ट्रियसभामा लग्ने निर्णय सर्वसम्मत रुपमा गरेकाले उक्त निर्णय कार्यान्वयन हुने बताएका छन् ।

यस अघि बुधबार बसेको नेकपाको सचिवालयको बैठकले फागुन २० देखि रिक्त हुने राष्ट्रियसभाको सदस्य पदमा अर्थमन्त्री डा युवराज खतिवडाको ठाउँमा बामदेव गौतमलाई लैजाने निर्णय गरेको थियो ।

उक्त बैठक सकिना साथ प्रधानमन्त्रीले पार्टीले गरेको निर्णय  आफूले कार्यान्वयन हुन नदिने बताएका थिए ।

अहिले यही विषयलाई लिएर नेकपामा ठूलो विवाद चर्किरहेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया