आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

६ बर्ष अगाडि

आईसीएफसी फाइनान्स लिमिटेडको  ऋणपत्रमा आवेदन दिने आज फागुन १६ गते अन्तिम दिन रहेको छ ।

एक हजार रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र फाइनान्सले फागुन १३ गतेदेखि  निष्काशनमा ल्याएको थियो । 
 
कम्पनीले १२ करोड रुपैयाँबराबरको उक्त ऋणपत्र व्यक्तिगत तवर, सर्वसाधारण , र सामुहिक लगानी कोषका लागि बाँडफाड गरेको छ ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम ७६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया