लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागी साधारण शेयर(आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकितका दरले १० कित्ता गरी १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीका अनुसार फागुन २७ गते देखि शेयर निष्काशन हुनेछ भने निष्काशन बन्द भने चैत्र ११ गते वा ढिलोमा चैत्र २६ मा हुनेछ ।
कम्पनीले तीन अति प्रभावित क्षेत्रमा ५ लाखका दरले शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले अति प्रभावित क्षेत्र लमजुङग जिल्लाको दोर्दी गाउपालिकाको वडा नं. ७ , शिसशर नगरपालिकाको वडा नं.११ , र सो बाहेकका लमजुङग जिल्लका सम्पुर्ण बासिन्दाहरुका लागी ५/५ लाखको दरले शेयर निष्काशन गर्नेछ ।
कम्पनीको धितापत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडमा छ।
प्रतिक्रिया