सिद्धार्थ बैंकले स्याङ्जाको वालिङमा र ललितपुरको हात्तीवनमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले दुवै शाखालाई एकै साथ सञ्चालनमा ल्याएको हो ।
बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
दुवै नयाँ शाखा सञ्चालनमा ल्याएसँगै बैंकको शाखा संख्या १८२ ९३ एक्स्टेन्सन् काउन्टरसहित० पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ सेवा, २०४ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनबाट समेत सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया