अर्थमन्त्री दोहोरिने वा नदोहोरिने शपथ ग्रहणकै दिन थाहा हुने

६ बर्ष अगाडि

सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाली रहेका अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रियसभा सदस्यमा आफू दोहोरिने वा नदोहोरिने फागुन २१ गते थाहा हुने बताएका छन् । 

उनले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चारकर्मीलाई राष्ट्रियसभा सदस्य बारे जिज्ञासा राख्न हतार नगर्न सुझाव समेत दिएका छन् । 

खतिवडाले २१ गते राष्ट्रियसभाका सदस्यहरुको शपथ ग्रहण भएको भन्दै त्यही दिन आफू दोहोरिने कि नदोहोरिने भन्ने थाहा हुने बताएका हुन । 

उनले भने,  ‘मेरै बारेमा कुरा उठाउनुभएछ, राष्ट्रियसभा । तर तपाईँहरु अलिक हतार गर्दै हुनुहुन्छ । २१ गते शपथ ग्रहण छ, त्यही दिन भेट हुन्छ, भेट नभए पनि कुराकानी भइहाल्छ ।’ 

उनले सत्तारुढ नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई सदस्यमा लैजाने गरी सहमति गरे पनि प्रधानमन्त्री केपी शर्माओलीले सचिवालयको निर्णय नमानेको  सम्बन्धमा प्रश्न गर्दा आफूले यसबारे थप जवाफ दिनुपर्ने आवश्यकता नदेखेको बताएका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया