कारोबारको तेस्रो घण्टा :२५ अकंले उकालो लाग्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको तेस्रो घण्टामा २५.३७  अंकले उकालो  लागेको छ ।

कारोबार सुरु भएसगैँ उकालो  यात्रा तय गरेको नेप्से परीसूचक तेस्रोे घण्टाको अन्तिमसमय सम्म आउदाँ २५ अंकको हाराहारीमा उकालो  लागेको हो ।

आज १५९७.२४  को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १६२१.५१  को बिन्दुमा बढेको छ ।

 आज ११ बजे  १५९७.२४  को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक १.५९  प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ३ उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १७९ कम्पनीको ७९  लाख ६४ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ३ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।


  

६ बर्ष अगाडि

प्रतिक्रिया