काठमाडौं – बीमा समितिले बीमकको वेवसाइट सम्बन्धी व्यवस्था, २०६५ खारेज गरेको छ । समितिले बिहीबारदेखि ‘बीमकको सुचना प्रविधि मार्गदर्शन, २०७६’ लागू गरेको छ, सोही मार्गदर्शनमा वेवसाइट सम्बन्धी नयाँ व्यवस्था गरिएपछि पुरानो व्यवस्था खारेज गरिएको हो । मार्गदर्शनमा बीमकको वेवसाइट सञ्चालन सम्बन्धी पहिला भन्दा विस्तृत तथा बिशिष्टीकरण व्यवस्था गरिएको छ ।
मार्गदर्शनको दफा ५ मा बीमकले वेवसाइट निर्माण गरि सञ्चालन ल्याउनुपर्ने उल्लेख छ । साथै, उक्त वेवसाइट समय सापेक्ष अद्यावधिक गर्दै लैजानुपर्ने बताइएको छ ।
बीमा कम्पनीले वेवसाइट खोल्ने वित्तिकै ठेगाना, टेलिफोन नम्बर, प्याक्स, इमेल, नक्सा र स्थान सहितको तस्वीर देखिने गरि राख्नुपर्ने बताइएको छ । साथै, वेवसाइटमा राखिने सामग्रीको बिषयमा क्रमबद्ध ढंगले बिषयसूची बनाइएको साइट म्याप बनाउनुपर्ने बताइएको छ ।
यस्तै, वेवसाइटमा सुचना अधिकारीको तस्वीर सहितको नाम, पद, सम्पर्क नम्बर र इमेल सहितको विवरण राख्नु पर्ने व्यवस्था पनि गरिएको छ । साथै, प्रदेश कार्यलय सहित शाखा, उपशाखा तथा सम्पर्क कार्यलयको ठेगना, सम्पर्क नम्बर र प्रमुखको तस्वीर राख्नुपर्ने गरि नयाँ व्यवस्था गरिएको छ ।
प्रतिक्रिया