एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ ।
यो अफर अन्तर्गत ग्राहकले रु १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्त गरी यसको फाइदालिन सक्ने छन।
यो अफर आज (बिहीबार) देखि लागु हुने छ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याईएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रतिमिनेट कर सहित रु १.२६ पैसा मा एनसेल नेटवर्क भित्र कुरा गर्न सक्ने भएका छन ।
भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजे भित्रको समयमा लागु हुनेछ । यस अफरबाट फाइदा लिनका लागि ग्राहकले एस्टिक स१७१०६ ह्यास् डायल गरी आफुलाई अफरमा निःशुल्क रुपमा सहभागि गराउन सक्ने भएको छन् ।
यसरी अफर सुचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समय सिमा रहेका छुटबाट लाभलिन सक्नेछन् । ग्राहकहरुले रु १०० रिचार्ज गर्दछन् भने ९९ पैसा प्रतिमिनेट छुटको
लाभ ७ दिनकालागि पाउने छन् । रु २००, रु ३०० र रु ५०० रिचार्ज गर्ने ग्राहकहरुले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् ।
यसैगरी ग्राहकहरुले रु १,००० रिचार्ज गर्दछन् भने यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन् ।
यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको उल्लेख छ।
९० दिनका लागि सञ्चालित अफरमा ग्राहकले एस्टिक १७१०६ एस्टिक १ ह्यास् डायलगरी आफुले सुचारु गरेको अफरको समयसिमा सजिलै थाहापाउन सक्नेछन् ।
प्रतिक्रिया