काठमाडौँ । तपाई हामीले स्वाद मानी मानी खाने अण्डामा पनि उस्तै सिकिण्डकेट हुने गरेको छ । सोही कारण बजारमा प्रतिगोटा अण्डाको मूल्य रु १६ पर्ने गरेको छ । जसका कारण किसन र उपभोक्ता दुवै एकै पटक मरिरहेका छन् ।
सरकारले यातायात क्षेत्रको एकाधिकार आंिशक रुपमा भएपनि हटायो ।
तरकारीमा रहेको एकाधिकार हटाउन प्रयासरत छ । कालीमाटीमा पटक पटक छापा हानिएको छ । व्यवस्थापनका लागि पहल र प्रयास पनि भइरहेको छ । ती क्षेत्रका एकाधिकार शिघ्र समाधान होलान् ।
तर अण्डामा रहेको एकोधिकार हटाउने बारेमा भने सरकारले हालसम्म कुनै पनि पहल गर्न सकेको छैन । जसका कारण अण्डा उत्पादनक किसानले राम्रो मूल्य पाएका छैनन् भने उपभोक्ता समेत चर्को मूल्य चिर्तुपर्दा समस्यामा परेका छन् ।
अण्डामा नेपाल क्रमशः आत्मनिर्भर हुने बाटोमा रहेको छ । तर भारतबाट १६ अर्बको मकै र दाना आयात गरेर आत्मनिर्भरताको कुरा गरिदा पनि हामीले तथ्य भने भूल्न हुँदैन
किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन लिने गरेको पाइएको छ ।
विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका छन् । लागत मूल्य पाउन किसानलाई मुस्किल परेको छ भने महँगो मूल्य तिर्न उपभोक्ता बाध्य छन् ।
किसानको फार्मबाट स्थानीय डिलरले अण्डा खरीद गर्छन् । त्यही अण्डा विभिन्न बजारका मुख्य डिलरलाई बिक्री गरिन्छ । मुख्य डिलरले सबडिलरलाई तथा सबडिलरले साइकल वा भ्यानमा बिक्री गर्नेलाई दिन्छ ।
साइकल र भ्यानमार्फत पसल–पसलमा बिक्री गरिन्छ भने पसलबाट उपभोक्ताले अण्डा खरीद गर्दै आएका छन् ।
नेपाल अण्डा उत्पादक सङ्घका फार्मबाट ठूलो अण्डा प्रतिक्रेट रु २६० तथा मध्यम अकारको अण्डा प्रतिक्रेट रु २०० मा बिक्री गरिन्छ ।
बजारमा प्रतिगोटा अण्डा रु १६ सम्ममा बिक्री गरिएको छ । सङ्घले प्रतिगोटाको रु १२ खुद्रा मूल्य तोकेको भए पनि सामान्यतया बजारमा रु १६ भन्दा बढी मूल्यमा बिक्री गरिँदै आएको छ ।
किसानबाट मध्यम आकारको अण्डा ६ रुपैयाँ ६६ पैसामा खरीद गरी उपभोक्तासम्म पुग्दा रु १६ सम्ममा बिक्री गरिन्छ ।
ठूलो अण्डा ८ रुपैयाँ ६६ पैसामा खरीद गरेर रु १५ भन्दा बढीमा बिक्री गर्ने गरेको पाइएको छ । किसानको फार्मबाट अण्डा प्रतिक्रेट रु पाँच नाफा खाएर बिक्री गरिन्छ ।पूर्वी चितवनको अन्नपूर्ण कुखुरा फार्मका सञ्चालक अर्जुन अर्याल विचौलियाका कारण किसान मारमा परेको बताउछन् ।उनले रु १६ करोडको लागतमा फार्म स्थापना गरी ८२ हजार लेयर्स कुखुरापालन गरेका छन् ।
जोखिम सबै किसानले व्यहोर्नु पर्छ, नाफा विचौलियाले मात्रै खाने गरेका छन्,” उनले भने ।
नेपाल अण्डा उत्पादक सङ्घकासचिव मदन पोखरेल लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्नुपर्दा किसान मारमा परेको बताउँछन् ।
एउटा अण्डा उत्पादन गर्न रु १० खर्च हुने गरेको तर बिक्री मूल्य त्योभन्दा कम रहेको उनको भनाइ छ । बर्षेनी किसान थला पर्दै गएका छन् ।
नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ । यो पेशाबाट भण्डै एक लाख ७५ हजारले रोजगारी पाएका छन् ।
दुई हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा कुखुरापालनको क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको कँडेल बताउनुहुन्छ ।
कुखुरापालनमा रु ७० अर्बभन्दा बढी लगानी रहेको बताइन्छ । आधाभन्दा बढीमा बैङ्किङ क्षेत्रको ऋण लगानी रहेको छ । सबैभन्दा बढी कुखुरापालन चितवनमा गरिँदै आएको छ । पछिल्लो मुलुकका अन्य जिल्लामा कुखुरापालन व्यवसाय फस्टाउँदै गएको छ ।
प्रतिक्रिया