किन भत्काउन चाहन्छन् सुशील ज्ञवाली सिंहदरबार ?

७ बर्ष अगाडि

काठमाडौँ । नेपालीका एउटा उखान लोकप्रिय छ – कसलाई के धन्दा घरज्वाईलाई खानको धन्दा । यस्तै भएको छ भूकम्प पछिको पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीलाई ।
चिट्ठामा परेको जागिर छ पुनः निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत । पहिले पनि केपी ओलीको कृपा उनीमाथि परेकै थियो । फेरी पनि कृपा उनैका लागि भयो । योग्य र दक्ष अरु व्यक्ति भएपनि एनजिओ र एनजिओको भक्ति पनि उनैमाथि प¥यो । चिट्ठामा जागिर पाएपछि काम त देखाउनै प¥यो । काम देखाउने भन्दै ज्ञवालीले अर्को एउटा विवादास्पद निर्णय गरेका छन् त्यो हो सिंहदरबार भत्काउने ।
नेपालको पूरातात्विक महत्वको स्थल र सम्पदा समेत रहेको राणाकालीन दरबार नभत्काउन धेरै तिरबाट दबाव आएको छ । तर आइएनजिओले के भन्छन् सोही आधार चल्ने ज्ञवालीलाई त्यसले छुने होइन । रोक्टोफिटिङका लागि ठेकेदार परिचालित भएको छ । काम पनि भइरहेको छ । तर ज्ञवाली जसरी भएपनि सिंहदरबार भत्काएर व्यापारिक कम्प्लेक्स बनाउनुपर्ने भन्दै लागेका छन् । उनले जसरी भएपनि सिंहदरबार भत्काउनुपर्ने, त्यसले कुनै पनि काम नगर्ने, धराप भएको जस्ता तर्क गरेर जसरी पनि पूरातात्विक महत्वको सम्पदा भत्काएरै छाड्ने योजनामा लागेको बुझिएको छ ।
गोरखा भूकम्पले १४ जिल्लामा ठूलो तवाही ग¥यो । ३१ जिल्लालाई प्रभावित पार्यो । दुगर्म तथा ग्रामीण क्षेत्रमा त पुनः निर्माण हुन सकेन । पुनः निर्माणका लागि गठन भएको पुनः निर्माण प्राधिकरणमा पाँच जना प्रमुख कार्यकारी अधिकृत फेरिए । ग्रामीण क्षेत्रमा पुनः निर्माणको काम प्रभावकारी हुन सकेको छैन । कूल आठ लाख भत्किएका घर कहिले बन्छन् भन्नेमा कुनै ठेगान छैन । तर सरकारले अन्य स्थानको घर तथा आवास निर्माणमा ध्यान दिएन , दिएन । तर देशकै प्रमुख प्रशासनीक निकायको रुपमा रहेको सिंहदरबारको पुनः निर्माण्मा हालसम्म कुनै प्रगति हुन सकेको छैन । पछिल्लो पटक त जसरी भएपनि सिंहदरबार भत्काउने योजना अगाडि सारिएको छ ।
रेक्टोफिटिङ गर्ने निर्णय विगतमा भएको थियो । तर प्राधिकरणका कार्यकारी अधिकृत फेरिएपछि पुनः सिंहदरबार भत्काउने विषयमा छलफल भएको र त्यस्तै निर्णय हुने अवस्थामा पुगेको छ । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत फेरिएसँगै मुलुकको प्रमुख प्रशासकीय भवन पुनःनिर्माणबारे पनि फरक फरक निर्णय भएको पाइउको छ । प्राधिकरणमा सुशील ज्ञवालीको पुनरागमनसँगै भूकम्पबाट क्षतिग्रस्त सिंहदरबार पुनर्निर्माण विवाद पुनः बल्झिएको छ ।
सय बर्षभन्दा पुरानो राणाकालीन सिंहदरबारको यो मुख्य मोहोडामा खट बाँधेर रेक्टोफिटिङ गर्न तयार पारिएको लामै समय भयो । भूकम्पले बढी क्षति पुगेपछि कला–वास्तुकला संरक्षण र अध्ययनका लागि पनि यो भवनको रेक्ट्रोफिटिङ अर्थात् सबलीकरण गरेर जोगाउनुपर्ने पुरात्वविदको जोड छ । तर प्राधिकरणका सिइओपिच्छेका फरक निर्णयले मुलुकको केन्द्रीय प्रशासकीय भवन अझै कहिलेसम्म यसरी छोपिरहनुपर्ने हो, अनिश्चित बन्न पुगेको छ ।
ज्ञवालीले सिंहदबार भत्काउनुपर्नेमा नै जोड दिने गरी निर्णय गर्ने अवस्थामा पुगेको बताइएको छ । तर यो निर्णय हालसम्म सार्वजनिक गरिएको छैन ।पहिलो पटक सुशील ज्ञवाली सिइओ बन्दा पुरै भत्काएर नयाँ बनाउने भनियो । तर चौतर्फी विरोधपछि सो निर्णय कार्यान्वयन हुनबाट रोकियो ।वर्तमान सरकारले ज्ञवालीलाई पुनः प्राधिकरणको नेतृत्वमा ल्याएपछि पुनः सिंहदरबार भत्काउने निर्णैय हुन लागेको छ ।
तत्कालीन प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलको पालामा सबलीकरण गर्ने भनियो । ज्ञवाली फेरि आएपछि रेक्टोफिटिङ गर्न मिल्ने हो कि होइन भन्ने प्रश्न उठाइएको छ । पुरै भत्काएर नयाँ बनाउने कि पुरानो संरचना जोगाउने भन्ने विवाद रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सचिव अर्जुन कार्कीले सिंहदरबार के गर्ने भन्ने विषयमा विवाद रहेको स्वीकार गरे । उनले थप विषयमा प्रमुख कार्यकारी अधिकृतसँग नै बुझ्न आग्रह गरे । त्यसो त शहरी विकास सचिव हुँदा सोही मन्त्रालयका उपसचिव रहेका ज्ञवाली नै प्रमुख भएर आएपछि सचिव कार्कीलाई सरकारी जागिर खाँउ भने दिनभरीको शिकार, नखाऊ भने कान्छा बाबुको अनुहार जस्तै भएको छ ।
अध्ययन समिति प्रमुख कार्यकारीको चाहनाभन्दा फरक सुझाव दिन्छ कि दिँदैन, त्यो अर्को पक्ष छ । दरबार भत्काएर पुरानै स्वरुपमा बनाए त्यहाँ निर्मित विश्वकै दुर्लभ कलाकृति मासिने चिन्ता बढेको छ । सिंहदरबारको मुख्य मोहोडा बाहेक अन्य भागको रेक्टोफिटिङ भैरहेको छ । विवादमा आएको भने २०३० सालको आगलागीबाट बचेको भागको हो । सिंहदरबार भनिने उक्त भवन राणकालीन भवन हो । जसको आनै पहिचान रहेको छ ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले चुना, सुर्की, मासको दाल लगायतको मिश्रणबाट तयार गरिएको बज्रबाट लिउन लगाइ विसं १९६९ सालमा युरोपेली शैलीमा निर्माण गरेको सिंहदरबार भत्काउन नहुनेमा आम नागरिकको चासो र चिन्ता रहेको छ ।
उक्त ऐतिहासिक संरचना संरक्षण र पुनर्निर्माणको शैलीकै विवादमा अझै कति समय बिताउने ? प्राधिकरणसँग कुनै उत्तर रहेको छैन । यस्तै काठमाडौँ महानगरपालिकाले भत्काउने भनेको बागदरबारका विषयमा समेत विवाद बढेपछि तत्काल नभत्काइने भएको छ । केही व्यापारीको स्वार्थका आधारमा उक्त दरबार भत्काउन लागिएकोमा आक्रोश पैदा भएको थियो । स्थानीयले कुनै पनि हालतमा बागदरबार भत्काउन दिन नहुने र त्यसो गरिए विरोधको सामना गर्न भनेका थिए ।
कामनपाका प्रमुख विद्यासुन्दर शाक्यलाई अरु विषयमा ध्यान नभएपनि बागदरबार भत्काउने भन्ने विषयमा भने विशेष ध्यान गएको भन्दै सस्कृतिविद र जानकारले विरोध गरेका छन् । पूरातात्विक सम्पदा भत्काएर व्यापारिक भवन बनाउँदा त्यसले कुनै फाइदा नदिने निष्कर्षमा उनीहरु पुगेका छन् । तर महानगर व्यापारीको लहै लहैमा लागेर बागदबार भत्काएरै छाड्ने मनस्थितीमा पुगेको छ । महानगरले जवरजस्ती बागदरबार भत्काए त्यसको प्रतिवाद गर्ने स्थानीयबासीको भनाइ छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया