निसानको फेस्टिभ ड्राइभ लक्की ड्र स्किमका १० जना बिजेतालाई मलेशिया भ्रमणको अवसर

५ बर्ष अगाडि

काठमाडौं– निसानको फेस्टिभ ड्राइभ लक्की ड्र स्किमको बिजेता घोषणा भएको छ । लक्की ड्रद्वारा १० जना भाग्यशाली बिजेताहरुले मलेशिया भ्रमण गर्ने मौका र साथै ५ जना ले १० ग्राम सुनको सिक्का पाएका छन् । 

नेपालमा निसान गाडीको अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले चाड पर्वको उपलक्ष्यमा फेस्टिभ ड्राइभ उपहार योजना ल्याएको थियो । 

उक्त योजना अन्तर्गत हरेक निसान गाडी खरिद गर्ने ग्राहकहरुले लक्की ड्र स्किममा भाग लिने मौका पाएका थिए । सोहि स्किमको विजेताहरुको घोषणा फाल्गुन १३ गते पायोनियर मोटो कर्पको थापाथली स्थित शोरुममा भएको थियो ।

उक्त समारोहमा पायोनियर मोटो कर्पका अधिकारीहरुले बिजेताहरुलाई बधाई दिनुका साथै सबै सहभागीहरुलाई धन्यवाद ब्यक्त गरेका थिए ।

हाल पायोनियर मोटो कर्पले नेपालमा निसान माइक्रा, सन्नी, किक्स, नभारा, एक्स ट्रेल, उर्भान र प्याट्रोल गाडीहरु बिक्री गरिरहेको छ भने चाडैनै निसानको नया इलेकट्रिक गाडी लीफपनि नेपालमा भित्राउने  तयारी गरिरहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया