काठमाडौं – बिभिन्न ५ बाणिज्य बैंकले रू. ११ अर्ब ६० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने तयारी गरेका छन् । बैंक अफ काठमाडौं, प्रभु बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र एनसीसी बैंकले ७ बर्षदेखि १० बर्षसम्मका अवधीको ऋणपत्र निष्काशन गर्न लागेका हुन् ।
हाल उनीहरुको ऋणपत्र निकाष्शन गर्ने आवेदन नेपाल धितोपत्र बोर्डमा पाइपलाइनमा रहेको छ । बोर्डले उनीहरुको विवरण हालै पाइपलाइनमा रहेका डिभेन्चर शिर्षकमा सार्वजनिक गरेको हो ।
५ बैंक मध्ये सानिमा बैंकले सबैभन्दा बढी मात्रामा ऋणपत्र ल्याउन लागेको देखिन्छ । सानिमा बैंक रू. ४ अर्ब बराबरको ऋणपत्र पाइप लाइनमा रहेको छ । सानिमा बैंकले बार्षिक १०.२५ प्रतिशत व्याजदरमा १० बर्षको लागि यतिका ऋणपत्र ल्याउन लागेको हो ।
यस्तै, एनसीसी बैंकले १० बर्षका लागि १०.५० प्रतिशत व्याजदरमा रू. ३ अर्ब बराबरको ऋणपत्र आउने देखिन्छ । एभरेष्ट बैंकले ७ बर्षका लागि १०.२५ प्रतिशत व्याजदरमा १ अर्ब बराबर ऋणपत्र पाइपलाइनमा छ ।
यसरीगरि बैंक अफ काठमाडौंले १० बर्षको लागि १०.२५ प्रतिशत व्याजमा १ अर्ब ६० करोड र प्रभु बैंकले ८ बर्षको लागि २ अर्ब बराबरको ऋणपत्र आउने देखिन्छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकहरुलाई चुक्तापुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र निकाष्शन गर्न निर्देशन दिएको थियो । त्यसपछि बैंकहरूले ऋणपत्र निष्काशन गर्न अग्रसर देखाउँदै आएका छन् ।
प्रतिक्रिया