ब्रेकफेल भएर ट्रकले कलंकीमा एक दर्जन गाडीलाई दियो ठक्कर

६ बर्ष अगाडि

काठमाडौँ ।सोमबार साँझ  राजधानीको कलंकीमा  भयानक दुर्घटना भएको छ। कलंकी नजिकैको ढुंगेअड्डामा ना६ख २८७१ नम्बरको ट्रकले अन्य एक दर्जन गाडीलाई ठक्कर दिन पुगेको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार सो दुर्घटनामा १ जनाको मृत्यु र अन्य ४ जना घाइते भएका छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी बृत्त कालीमाटीका डीएसपी रुगम कुँवरले जानकारी दिए । 
उनका अनुसार ट्रक ओरालोमा ब्रेक फेल भएर सो दुर्घटना हुन पुगेको हो । ट्रकले कार, ट्याक्सी, मोटरसाइकल, जीपलगायतलाई ठक्कर दिन पुगेको थियो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया