‘विमिस्टिकले दक्षिण एशियाले दक्षिण पूर्व एशियालाई जोड्छ’

७ बर्ष अगाडि

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमिस्टेकको उद्घाटन समारोहलाई सम्वोधनगर्दै आगन्तुक राष्ट्र प्रमूखतथा सरकार प्रमूखहरुलाई बुध्द र सगरमाथाको देशमा स्वागतगर्नु भएको छ ।
विश्वको कूल जनसंख्याको २२ प्रतिशत जनसंख्याको प्रतिनिधित्वगर्ने वंगालको खाडी क्षेत्रका राष्ट्रहरुका तर्फबाट हामीयहाँ यस क्षेत्रमा शान्तिपूर्ण, समृद्ध र दिगो विकास कायमगर्ने प्रतिबद्धताका साथउपस्थितभएका छौं भन्दै उहाँले विमिस्टिकले दक्षिण एशियाले दक्षिण पूर्व एशियालाई जोड्ने बताउनुभयो । 
सम्भाव्यताले भरिपूर्ण यस क्षेत्रका राष्ट्रहरुमा समृद्धप्राकृतिक सम्पदा, कृयाशील जनसंख्याबाट श्रृजनाहुने अनगिन्तिअवसरहरुरहेको भन्दै प्रधानमन्त्रीओलीले हाम्रापूर्खाबाट विवेक, ज्ञान पनिपाएको उल्लेख गर्नुभयो । यस क्षेत्रकाजनतालाई गरीवीको साँग्लो र अभावको कुचक्रबाट मुक्तगर्नु पर्ने विचार राख्दै उहाँले भन्नु भयो, ‘‘हामीले विमिस्टेक कार्ययोजनालाई पूर्ण रुपमाकार्यान्वयनगर्नै पर्दछ । हामीले शहश्राब्दीविकासलक्ष्यअन्तर्गत हासिल गरेकाप्रगतिमालगातार अघि बढ्दै आर्थिक सामाजिक रुपान्तरणकालागि सन् २०३० सम्म पूरा गर्ने लक्ष्य राखिएको दीगो विकासको लक्ष्यसमेत हासिलगर्नै पर्दछ  ।’’
आर्थिक विकासको इन्जिनव्यापार नै हो भन्दै उहाँले भन्नु भयो, ‘‘वस्तु र सेवाको व्यापार, लगानी, भन्सारसम्बन्धीमामिलामाआपसी सहयोग, व्यापार सुविधाका सन्दर्भमाविवादको निराकरणजस्ता विषयहरुमा सहमतिआजको आवश्यकताहो, जसले विमिस्टेकलाई प्रभावकारी रुपमा अगाडि बढाउनेछ । स्वतन्त्र र स्वच्छ व्यापारप्रतिको हाम्रो प्रतिवध्दताअपरिहार्य छ । 
सरकारले समृध्द नेपाल, सुखी नेपालीको लक्ष्य अघि सारेको बताउँदै उहाँले हामीले सबैले समृध्द क्षेत्र, सुखीजनताको अपेक्षा गरेका छौं भन्नु भयो । कनेक्टिभिटीलाई मजवूत क्षेत्रीय सहयोगको कूँजीबताउँदै कनेक्टिभिटी नै आर्थिक एकिकरणको जगभएको धारणा व्यक्तगर्नु भयो । प्रधानमन्त्रीओलीले यस क्षेत्रमाकनेक्टिभिटी र पर्यटनको प्रवद्र्धनगर्न बुध्दिस्ट सर्किटको अवधारणालाई मूर्तताप्रदानगर्नु पर्ने कुरामाजोड दिनु भयो । 
विमिस्टेकलाई यसकाकामहरुकाआधारमामूल्यांकनगरिने बताउँदै उहाँले भन्नु भयो, ‘‘सहीनीति, संस्था र स्रोत–साधनअनि दृढ राजनीति इच्छा शक्तिले मात्रयसको सफलताको सुनिश्चिताकायमगर्न सक्नेछ ।’’

७ बर्ष अगाडि

प्रतिक्रिया