ललितपुरमै पहिलो पटक सातदोबाटो प्रहरी वृत्तमा प्रहरी अधिकृत तथा जवानका लागि संयुक्त रुपमा खाना खाने साझा मेसको शुरु भएको छ । यसअघि देशका अन्य प्रहरी कार्यालयमा जस्तै तहगत भान्साको प्रचलन रहेकामा त्यसमा सुधार गरिएको हो । सातदोबाटोमा स्थापना भएको यो मेस नेपालको साताँै मेस रहेको बताइएको छ ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मुलुकभित्र अघि बढेको समानता र पारदर्शिताको कुरालाई यसले निकै सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने, “प्रहरीका सबै दर्जाबीच सम्मान व्यवहारको आवश्यकता रहँदा एउटै मेसको निकै जरुरी रहेको थियो । दिनमा हजारौँ जनताको समस्या सुन्ने जवानको मानसिकता परिवर्तन गर्न संयुक्त मेसले निकै सहयोग गर्नेछ । ” सबै प्रहरीमा सकारात्मक भावना बढाउन संयुक्त मेसले निकै सहयोग गर्ने पोखरेलको भनाइ थियो ।
यसैगरी कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोलीका प्रमुख कार्यकारी अधिकृत पवन भट्टराईले ललितपुर सबैभन्दा बढी इञ्जिनियरिङ कलेज भएको जिल्ला रहँदा प्रहरीले यहाँको दुव्र्यसनी नियन्त्रण गर्न सफल भएको बताए। उक्त कार्यक्रममा मेसको राम्रो व्यवस्थापन गरेवापत प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्मा, प्रहरी नायब निरीक्षक जगतबहादुर रायमाझी, प्रहरी हवलदार नारायण किङ्रिन र प्रहरी जवान हीरालाल नेपालीलाई पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया