विकास शान्ति र स्थायित्वमा भर पर्ने : बंगलादेशकी प्रधानमन्त्री शेख हसिना

७ बर्ष अगाडि

काठमाडौं- बिमस्टेक सम्मेलनमा सम्बोधन गर्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले विकास शान्ति र स्थायित्वमा भर पर्ने बताएकी छन्।

उनले आफ्नो परिवारका १८ जना मारिए पनि आफूले आफुलाई गरिब बंगलादेशी जनताका लागि समर्पित गरेको बताए।

उनले बंग्लादेशले पछिल्लो दशकमा उल्लेख्य आर्थिक प्रगति हासिल गरेको पनि जानकारी बताइन्।

उनले भनिन्, ‘सबै कृषियोग्य जमिनमा खेती हुनुपर्ने नीति लिएका छौं। तब मात्र गरिबी हटाउन सकिन्छ। पिछडिएका नागरिकहरु लक्षित गर्दै विशेष किसिमको बचत कार्यक्रम लागू गरेका छन्। जसले गर्दा उनीहरु अरुको दयाबिना नै जीवन निर्वाह गर्न सक्छन्।’
उनले १.५ अर्ब जनता र विश्व अर्थतन्त्रको २२ हिस्सा रहेको बिमस्टेक प्रशस्त सम्भावना रहेको बताइन्।
उनले गरिबी, जलवायु परिर्वतन र आतंकवाद हाम्रा साझा समस्या रहेको पनि औँल्याएकी छन्।

७ बर्ष अगाडि

प्रतिक्रिया