प्रधानमन्त्री ओली पोखरामा

६ बर्ष अगाडि

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली आज पोखरा गएका छन् । नेकपा गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न उनी पोखरा गएका हुन्। प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा प्रदेश प्रमुख अमिक शेरचन, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्री, प्रदेश मुख्य सचिव हरिप्रसाद बस्याल, प्रजिअ रमेशकुमार केसी, प्रदेशभित्रका सङ्घीय संसद्का सदस्य, प्रदेशसभा सदस्य, पार्टीका नेतालगायतले स्वागत गरे ।

प्रधानमन्त्री ओलीले प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । उनका अनुसार पोखरा सभागृहमा हुने प्रशिक्षणमा प्रदेश कमिटीका सम्पूर्ण पदाधिकारी, प्रदेशमा रहेका केन्द्रीय कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी, प्रदेशभित्रका गाउँपालिका, नगरपालिकाका अध्यक्ष एवम् उपाध्यक्षसहित झण्डै एक हजार ४०० जनाको सहभागिता छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया