प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा गएका ओलीलाई झण्डा देखाउन खोजेपछि प्रहरीले प्रकाउ गरेको हो ।
समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र काँग्रेस निकट नेविसंघका कार्यकर्ताले कालोझण्डा देखाउने प्रयास गरेका थिए ।
पोखरास्थित जनप्रिय क्याम्पस नजिकै उनीहरुले नाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोजेपछि पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा समाजवदीका विद्यार्थी युनियनका विशाल तिमिल्सिना, नेत्र चापागाईं लगायत ४ जना रहेका छन् ।
भने नेविसंघ निकट भीरध्वज जङ्ग पौडेल जिएमसी उपाध्यक्ष र असिम पौडेल पनि पक्राउ परेका छन् ।
प्रतिक्रिया