आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ३.२४ अंकले उकालो लागेको छ ।
कारोबार पहिलो घण्टामा २५.६५ अकंले उकालो लागेको नेप्से दोस्रो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ३ अंकको हारहारीमा उकालो लागेको हो ।
आज १५०४.१४ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १५०७.३८ को बिन्दुमा बढेको छ ।
आज ११ बजे १५०४.१४ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.२२ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ५ उपसमुह बढेका छन ।
अहिले कारोबार भईरहेका १७७ कम्पनीको ४ लाख ७२ हजार कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब ९४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया