आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ६ प्रतिशत बोनस पछि कम्पनीको शेयरमूल्य समायोजन भएको हो।
कम्पनीको शेयरमूल्य समायोजन भई प्रतिकित्ता ५०० रुपैया कायम भएको छ । कम्पनीले बोनस वितरण तथा साधारणसभा प्रयोजनको लागि फागुन १२ गतेदेखि बुकक्लोज गरेको थियो ।
बुकक्लोजसंगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।
प्रतिक्रिया